पोखरा । लायन्स क्लव अफ पोखरा ताल बाराहीले किसानलाई फलफुलका विरुवा वितरण गरेको छ । शनिवार पोखरा महानगर पालिका- २७ ठुली पोखरीका ५३ जना कृषकलाई एवोकाडो र लिचीका विरुवा बितरण गर्नुका साथै ठुली पोखरी तरुण तपोवन पार्कमा वृक्षा रोपण समेत गरेको क्लवका अध्यक्ष नारायण प्रसाद पौडेलले पाेखरा पाेष्ट डटकमलाइ जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि एफडब्लुसी मल्टीपल को -अर्डिनेटर दिपक श्रष्ठले किसानले प्राप्त गरेको विरुवाको सही प्रयोग गर्दै अर्थोपार्जनसँग जोड्नुपर्ने बताउनुभयो । जीवनमा रुपान्तरण आवश्यक रहेको भन्दै किसानलाई आत्मनिर्भर वन्न लायन्स सहयोगी बनेको उहाँको भनाई थियो ।
ट्रि प्लानटेशन डेभलपमेण्ट डिपार्ट चिफ टिकाराम सापकोटाले विरुवाको संरक्षण गर्दै उत्पादनसँग जोड्न किसानलाई आग्रह गर्नुभयो । डिपार्टमेण्ट अफिसर दिपेन्द्र राईले क्लब आफैंले वृक्षारोपण गर्नुभन्दा समुदायमा बाँड्दा कृषक बढी लाभाम्वित हुने बताउनुभयो ।
कलस्टर प्रमुख रिसी गिरीले पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको फल एवोकाडोलाई व्यवसायिक खेतीको रुपमा विकशीत गर्दै लैजान किसानलाई आग्रह गर्नुभयो । जोन चियर पर्सन भिस्मराज पौडेल, डिस्ट्रक चियर पर्सन बासु जिसी, पुर्व अध्यक्ष विजय कुमार प्रधान लगायतले क्लवले गरेका कामको बारेमा चर्चा गर्नुभयो ।
वार्षिक कार्यक्रम अन्तर्गत क्लबले विगत ६ वर्ष देखि उक्त पार्कमा वृक्षारोपण गर्दै आएको मा यो वर्ष ठुली पोखरी टोल विकास संस्थाका किसानलाइँ एवोकाडो र लिचीका विरुवा पनि बाँडेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले पोखरामा विरुवा रोपेर छोड्दा संरक्षण नहुने भएकोले किसानलाई विरुबा वितरण गरेको बताउनुभयो ।
ठुली पोखरी टोल विकास संस्थाका अध्यक्ष दिनानाथ पौडेलले किसानलाई फलफुलका विरुवा उपलब्ध गराएकोमा क्लवलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
क्लवका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन क्लबका सचिव मदन कुमार गिरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लवको तर्फबाट प्रथम उपाध्यक्ष शिव तिमिल्सिना र संस्थाको तर्फबाट सचिव गोविन्द वाग्लेले राख्नुभएको थियो ।
सोही अवसरमा लायन्सको टोलीले गत वर्ष सारिएका विरुवाको अवलोकनसँगै गोडमेल पनि गरेको थियो ।
