पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि

0
264

वीरगञ्ज । पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नेशनल मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।  पर्साको पोखरिया नगरपालिका–९ बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।