पाेखरा। बुधबार पाेखरा महानगरका थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।महानगरका १७,४५,२१,२७,२०,२३,३०,५७ र १७ बर्षका पुरुषहरुमा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा उनिहरुलाई काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५५२ पुगेको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १३५४ पुगेको छ ।