सराङकाेटका पहिरो पिडीतलाई आर्थिक तथा शैक्षिक सहयोग

0
529

पोखरा ।   अविरल वर्षाका कारण गत असार २५ गते पोखरा–१८, गोठादीका पहिरो पिडीतका लागी आर्थिक तथा शैक्षिक राहत सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटिद्धारा एकमुष्ट १ लाख ५ हजार, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार, जोन चियर पर्सन राधिका थापाबाट ५ हजार आर्थिक सहयोग पिडीत परिवालाई वितरण गरिएको छ ।

सोही कार्यक्रममा क्लबका सदस्य ऋषि काफ्लेद्धारा पिडीत परिवारका २ जना बच्चालाई कक्षा १० सम्म अध्यन तथा पालनपोषण निःशुल्क र पूर्व अध्यक्ष तारा गिरीबाट उच्च शिक्षाका लागि निःशुल्क अध्यन गराउने घोषणा गरेका छन् । सो राहत वितरण गर्दै लायन्स क्लब डिष्ट्रीक पि.आर.ओ.प्रमुख राम कुमार बसेलले जहाँ आवश्यक त्यही लायन्स सेवा भावनाले नेपालभरी पिडीतका आवश्यकतामा मलम लगाउने कार्यमा सकृय रहेको बताए ।

कार्यक्रम संयोजक तथा क्लबका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी.ले पिडीत परिवारको उचीत व्यवस्थापनमा सहयोग गर्न लायन्स तथा अन्य संघ संस्थाहरुबाट सहयोग, सङ्कलन गरिने बताए । क्लबका अध्यक्ष श्याम बहादुर क्षेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कलस्टर प्रमुख शारदा शर्मा, रिजन चियर पर्सन अमृत तिवारी, जोन चियर पर्सन तारा गिरी, राधिका थापा, क्लबका पूर्व अध्यक्षहरु उमा नाथ बराल, निर्मल बराल, उपाध्यक्ष ओम गौचन, सचिव केदार क्षेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पहिरोबाट एकै परिवारका ४ जना, छिमेकी १ गरी ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते तथा मृत्क परिवार पूर्ण रुपमा विस्थापित अवस्थामा रहेको छ । स्थानीय मगर बस्तीमा निम्न आर्थिक स्थिति भएको परिवारमा अभिभावक विहिन हुदाँ बस्ने, खाने, शिक्षाबाट बञ्चीत हुने अवस्थालाई विभिन्न दाताहरुबाट सङ्कलीत सहयोगबाट केही व्यवस्थापनको प्रयास भएको राहत सङ्कलन संयोजक संन्जीव थापा मगरले बताए।