पाेखरा। पाेखरा महानगरपालिका -४ का एक सहित गण्डकी प्रदेशमा बिहिवार बिहान ११ जना काेराेना संक्रमित थपिएका छन्।स्वास्थ निर्देशनालय गण्डकीका अनुसार कास्कीका १,पर्वतका १,गाेरखाका ६,नवलपरासी हुप्सेकाेटका ३ जना संक्रमित थपिएका हुन ।
क्षयरोग उपचार केन्द्र, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही गरिएको परिक्षणमा उनिहरुलाई काेराेना पाेजेटिभ देखिएकाे हाे ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकी जनाएको छ।यससँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १,५६६ पुगेको छ।