पोखरा । ७ वर्षका बालकसहित पोखरा-८ का ४ जनमा काेराेना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज मध्यान्ह १२ः२४ बजे दिएको जानकारी अनुसार पोखरा ८ मा चार जना संक्रमित भेटिएका हुन् । उनीहरु सबैको स्वाथ्य परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको हो ।
अाज संक्रमण पुष्टि हुनेमा ७ वर्षका बालक, ८२ वर्षीय पुरुष , १४ वर्षीय युवक, ७२ वर्षीया एक जना महिला रहेको निर्देशनाले जनाएको छ । आजै बिहान मात्र पोखराको वडा नं. ४ मा एक जना संक्रमित भेटिएका थिए ।सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनाले जनाएको छ।