पाेखरा। सरकारी, सामुदायिक तथा नीजी अफिसहरुमा, कार्यलयहरुमा बैठक, गोष्ठी,सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न तथा बन्द गर्न नमिल्ने भएमा भर्चुअल मिटिङ गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।
बिहिवार स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे काेभिड १९ सम्बन्धि नियमित प्रेस ब्रिफिङ कार्यक्रममा बाेल्दै मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गाैतमले भारतिय सिमा क्षेत्रका जिल्लाहरुमा कोरोना संक्रमणको दर उच्च रहेकोले प्रदेश सरकार, स्थानीय पालिकाहरु, गाउँपालीका तथा नगरपालिकाहरु, गैर सरकारी संस्थाहरु, शिक्षक, बिद्यार्थी तथा अन्य पेशा ब्यवसायका ब्यक्तिहरुलाइ साबधानी अपनाउन, अपनाउने बाताबरण बनाउन अनुरोध गरेका छन्।
स्वाब संकलन गरिसके पछी कुनै पनि शंकास्पद ब्यक्तिहरुले रिपोर्ट नआउन्जेल सम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न , काठमाडौ उपत्यका लगायत घना बस्ती भएका क्षेत्रहरुमा कोरोना संक्रमणमा वृद्धि भइरहेकोले अस्पतालका बेड, उपकरण र स्वास्थकर्मीहरुको अभाव हुने सम्भावना रहेको , जन स्वास्थका मापदण्ड जस्तै अत्यावश्यक नपरी घरबाट ननिस्कने, दुई मिटरको दुरी कायम राख्ने, अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीले हात धुने सम्भव नभएमा सेनिटाइजर प्रयोग गर्न उनले अनुरोध गरेका छन्।
अस्पतालहरुले कर्मचारीहरुलाइ सिफ्टमा काम गर्ने ब्यवस्था मिलाउन र चिकित्सक, नर्स तथा अन्य स्वास्थकर्मीहरुलाइ अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गराउन र त्यस्को लगबुक राख्न उनले अनुरोध गरेका छन्।
कोभिड-१९ को कुनै पनि उपचार पत्ता नलागेको हुनाले बेलैमा राेग लाग्न नदिनका लागि बेलैमा हाेशियार बन्न उनले अनुरोध गरेका छन्।