पोखरामा रहेर गीत संगीतमा क्रियाशील गीतकार श्रापितको‌ तीज गीत बजारमा

0
1150

पोखरा । राजधानी बाहिर‌ मौफसलमा बसेर अत्याधिक गीत रेकर्ड गराउने एक‌ अब्बल‌ गीतकारको‌ रुपमा पहिचान बनाएका‌ प्रसिद्ध गीतकार सुमन श्रापितको‌ रचनाको तीज गीत “छाता ओडी ओडी” हालै बजारमा आएको‌ छ ।

यस गीतमा लोकप्रिय गायिका मेलिना राई र जीवन परियारले आवाज दिएका छन भने संगीत जीवन परियारको‌‌ रहेको छ । दुई दशक देखि पोखरामा रहेर गीत संगीतमा क्रियाशील सुमन श्रापित सबै खाले गीत लेखनमा उत्तिकै ‌माहिर‌ गीतकार हुन । उनका आधुनिक, लोक, लोक‌पप, चलचित्र, भजन, र बिभिन्न चाड बिशेष साँस्कृतिक गीत आदि गरी झण्डै दुई सय गीत रेकर्ड भएका छन । श्रापितका चाड बिशेष गीत अन्तर्गत तीज गीतहरु‌ दर्जनौं रेकर्ड भएका छन् । तीजका नाममा जुन सँस्कृति नै धमिलिने गरी गीत बन्ने गरेका छन ।

त्यो भन्दा बिल्कुलै ‌फरक सँस्कृति झल्किने खालका गीत लेख्ने गीतकार श्रापितका तीज गीतहरुमा सब्य र शालिनता पाइन्छ। फलस्वरूप शालिन गीतकारका रुपमा पनि‌ चिनिएका छन । अन्जु‌ पन्त र स्वरुपा रसाइलीको‌ आवाजमा रहेको “यसपालीकि तीज आहा कत्ति‌ रमाइलो” सुनिता दुलालको‌ आवाजमा रहेको‌ “सधैं तीजमा व्रत बस्छु”, देबिका बन्दनाको आवाजमा रहेको‌” फुरुक्कै परे बरिलै” त्यसै गरि तृतीया तिथिमा तीज, अर्गानिक तीज, हस्पिटल जिन्दाबाद, माइतिको आँगन, गिनिज बुकमा नाम लेखौ, खद्दरको सारी, ओइ हेरन कस्ति भाकी छु, छमछम नाचम छमछम, आदि जस्ता यी दर्जनौं गीत उनका चलेका तीज गीतहरु हुन । माथि उल्लेखित गीतहरुमा संगीत उनका अनन्य ‌मित्र संगीतकार बिबि अनुरागीको गरेका छन् ।

तीज गीतका अलवा “जसलाई मुटुको अंश”, “मेरो‌ धड्कन तिमी”, “दिलराजा दिलरानी”, फिल्म परदेशीको‌ “सिरिमा सिरी”, फिल्म निशानीको “पूर्वैबाट पश्चिम आयौ”, “अच्छा लेकिन क्याबात”, फिल्म जीवन लिलाको “कहिले ओराली झर्छ जिन्दगी” आदि‌ उनका चर्चित गीतहरू ‌हुन । एकपछि अर्काे खुड्किलो चढ्दै साँगीतिक क्षेत्रमा चर्चा कमाइरहेका गीतकार सुमन श्रापितको यस बर्ष अरु तीज गीतहरु पनि रेकर्ड भएका थिए तर विशेष कारणबस प्रकाशन हुन सकेनन्‌। यो‌ बर्ष प्रकाशनमा आएको‌ तीज गीत “छाता ओडी ओडी”को भिडियो निर्देशन निर्देशक‌‌ दिपक कार्कीले गरेका छन भने सागर बस्यालको छायांकन तथा सम्पादन रहेको छ ।

त्यसैगरी राजेश सेती मगर र सुशिला पुन मगरको अभिनय देख्न‌‌ सकिन्छ । तीज नाच र गीतको‌ पर्व हो‌ तसर्थ जस्तै पानी ‌झरी‌ परे पनि‌ छाता ओडी ओडी भएनि‌ नाचेर खुशीले तीज मनाउनु पर्छ भन्ने ‌यो गीतको‌ मूल‌ मर्म हो ।‌ निकै मर्मस्पर्शी गीत लेख्ने गीतकार श्रापितलाई सोधिएको एक प्रश्नमा आफुलाई भाइरल हुन निकै डर लाग्ने बताउँदै जस्तोसुकै भाइरल हुने प्रतिस्पर्धा आए पनि आफुले सँस्कृति झल्किने मौलिक तीज गीत लेख्न‌ न छोड्ने बताए ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DKmFzEOxuzJ4%26feature%3Dshare%26fbclid%3DIwAR1HJA6P4CuFP2VFaOvqJBUUp-HWkaVMY3tj4YifrVk62FLrVcnC5OygCHA&h=AT0EDQJP7djntAhuJ5-fcepNfNFyv3X87Rnofjz6vGU2geFxI-iMA4CQQtVJR9r20s46OaRcTUXP2ghguvqf05NYPVj0V4KH8JF5TsbVO56U5GbfHJjyBDYHOTtOeqQoJsw