पोखरा महानगको हराएको १३ करोड तत्काल मेयरले फिर्ता गर्नुपर्छ: बिकास थापा

0
650

पोखरा । एकाएक पोखरा महानगरपालिकाको १३ करोड बेरुजु निस्केको समाचार सामाजिक संजालमा आएपछि केहि दिन यताबाट पोखरामा महानगरको १३ करोड खै ? करोडौंँ राजस्व कता हरायो ? भन्ने प्रश्नहरु आम पोख्रेलीले महानगरसंग गर्दै आएका छन्।

सोमबार नेपाल विद्यार्थी संघ कास्कीका नि- बर्तमान सभापति बिकास थापाले एक बिज्ञप्ति जारी  गरि पोखरा महानगरका मेयर मान बहादुर जि.सी.ले १३ करोड होइन पौने २ करोड राजस्व हराएको हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका छन् ।

बिज्ञप्तिमा ने.वि. संघ कास्कीले ,’ दर्जनभन्दा बढी ठेक्काहरुमा मिलेमतो, बेथिति गरेका स्मार्ट सिटीको सपना बाड्दै हिड्ने मेयर जि.सी.लाई  भ्रष्टाचारीकाे नाईके भएको अाराेप लगाएको छ।  ने.वि. संघ कास्कीका नि- बर्तमान सभापति बिकास थापाले उक्त कर महानगरका मेयर र उप-मेयरले तत्काल तिरोभरो नगरे आफुहरु आन्दोलनको मैदानमा उत्रने चेतावनी समेत बिज्ञप्ति मार्फत दिएका छन् ।