पोखरा । विपद् पत्रकार सञ्जालको आयोजना तथा बर्नमाउथ विश्वविद्यालय बेलायतको सहकार्यमा पोखरामा कोभिड १९ र यसले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य माननीय मिना गुरुङले कोभिड १९ को असरमा सवै क्षेत्रमा परेको भएपनि त्यसले सवैभन्दा प्रभावित गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकामा परेको बताउनुभयो । कार्यस्थलमा पनि श्रमजिवी महिलाहरु कामबाट निस्कने पर्ने बाध्यता अहिलेको अवस्थाले सृजना समेत गरेको उहाँले बताउनुभयो । संचारकर्मीहरु स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै अग्रपक्तिमा रहेर काम गरेर भन्दै खुलेर प्रसंशा गर्नुभयो उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडी बढेको अहिलेको सरकारले सवै विकास निर्माणका कार्यक्रमलाई थाती राखेर सरकार नागरिकको ज्यान जोगाउन तिर केन्द्रित भएको बताउनुभयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद वास्तोलाले कोरोनाको असर नपरेको क्षेत्र कुनै नरहेको बताउँदै सवैलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो । कोरोनाकै कारण अहिले मानिसहरु एकअर्का सँग छुट्टिएर बस्न बाध्य बनाएको अवस्थामा हरेक व्यक्ति जिम्मेवारी भएर सुरक्षाका उपाय अपनाउनको लागि आग्रह गर्नुभयो । एकजनाको लापरवाहीको कारणले यसको सक्रमण बढ्दै गएको बताउँदै उहाँले संचार क्षेत्रको जिम्मेवारी भनेको आम नागरिकलाई सचेत गराउनु हो र यो जिम्मेवारी बहन गर्न आफु लागि परेको बताउनुभयो ।
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सुस्मा पौडेलले कोभिड १९ ले गर्दा संचारमाध्यमहरु बन्द भएको अवस्थाको स्मरण गराउँदै संचारमाध्यम तथा पत्रकारका लागि पनि यो चुनौतीको अवस्था रहेको बताउनुभयो । यो विपद्को बेलामा संचारमाध्यम तथा पत्रकार अझबढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै क्रियाशील पत्रकार महिला
सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विजय पंगेनीले कोभिड १९ ले नियन्त्रण गर्ने सवालमा हामी आफै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
लालीगुरास टोल विकास संस्थाका अध्यक्ष मानकुमारी बरालले यसको असर अझै बढी गृहणी महिलामा परेको बताउनुभयो । उपाध्यक्ष मंगली बाँस्तोलाले खोजमुलक पत्रकारिता तर्फ केन्द्रित हुन आग्रह समेत गर्नुभयो ।
विपद् पत्रकारिता सञ्जालका सह संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अन्जु बरालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उदेश्य बारे जानकारी कार्यक्रमका संयोजक दुर्गादेवी वास्तोला गर्नुभएको थियो ।
विपद् पत्रकार सञ्जाल हालसालै गठन भएको संस्था हो । संस्थाले विपद्सँग सम्बन्धित लेख, विचार, रेडियो रिर्पोट, तथा खोजी पत्रकारितालाई प्राथमिकता राखेर समस्याको समाधानमुलक पत्रकारितालाई प्रोत्साहन गर्दछ । संञ्जालमा अहिले ६ वटा मिडिया सञ्चालकहरुको प्रतिनिधित्व रहेको छ ।