पोखरामा सञ्चालित सहकारी संस्थाहरुलाई घरदैलो सेवा बन्द गर्न आग्रह

0
819

कास्की । जिल्ला सहकारी संघ लि. कास्कीले पोखरामा सञ्चालित सहकारी संस्थाहरुलाई घरदैलो सेवा बन्द गर्न आग्रह गरेको  छ ।

संघका अध्यक्ष रवीरमण तिवारीले आज एक सूचना जारी गर्दै  कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै घरदैलो सेवा बन्द गरेर अन्य सेवामात्र सुचारु गर्न  आग्रह गरेका हुन ।

 

उनले सबै कर्मचारी र सदस्यको कोरोना बीमा गर्न र भीडभाड हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न समेत आग्रह गरेका  छन   ।