पाेखरा । बिहीबार नेपालमा कोरोना भाइरसका ५ सय २५ जना संक्रमित थपिएका छन् । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।