विराटनगर ।कोरोना संक्रमणबाट ३० वर्षीय युवकको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पतालमा विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय युवकको मृत्यु भएको हो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई बिहिवार बिहान कोशी अस्पताल भर्ना गरिएको थियो ।कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरेको थियो । तर रिपोर्ट नआउँदै उनको हिजो बेलुका आइसोलेसनमा मृत्यु भएको थियो । मृत्युपछि उनको कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।