पोखरा । पाेखरामा शनिबार बिहान सम्म ११ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। पोखरा महानगरपालिकाका १,१४,१०,२७ र १७ नम्बर वडाका ८ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।
प्रदेश स्वास्थ्य निर्देशनालयले यस अघि आज विहान विज्ञप्ती जारी गरी पोखराको वडा नं ५ र ८ मा दुई पुरुष तथा वडा नं ८ मा एक महिलामा संक्रमण फेला परेको जनाएको थियाे ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षण अनुसार पोखरा महानगरपालिकाका १,१४,१०,२७ र १७ नम्बर वडाका ८ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे।