पोखरा -१६ का चार जनामा कोरोना संक्रमण पुष्टि

0
484

पाेखरा। अाईतबार बिहानै पाेखरा- १६ का ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।त्यस्तै पोखरा – ५ की ३३ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आइतबार बिहान सार्वजनिक गरेको विज्ञप्तिका अनुसार, पोखरा महानागरपालिका वडा नम्बर १६ का २२ र ३० वर्ष उमेरका पुरुष तथा २२ र ५० वर्ष उमेरका महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे।

कोरोना संक्रमण पुष्टि भएका सबै बिरामीलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।