पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आज राति १२ बजेदेखी कास्की जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा कोरोना संक्रमण बढेपछि आज भएको जिल्लास्तरीय कोरोना संकट व्यस्थापन केन्द्रको बैठकले भदौ ७ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेपछि कास्की प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न बन्देज गरिएको छ । त्यसैगरी अत्यावश्यक बाहेक अन्य कुनै पनि निजी तथा सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।