पाेखरा।पाेखरामा काेराेनाका कारण ५० बर्षीया महिलाको ज्यान गएको छ।
पाेखराकाे सेवा हस्पिटलमा उपचाररत तनहुँकी एक महिलाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे हाे।
हेपाटाइटिस, नेमाेनिया, सुगर प्रेसर, मुटुकाे राेग लगायतका दिर्घ राेगबाट ग्रसित तनहुँकाे ५० बर्षीया ती महिलाकाे उपचार कै क्रममा गए राती साँढे ११ बजे निधन भएकाे कास्की सेवा अस्पतालका निर्देशक डा पदम बहादुर खड्काले जानकारी दिए।
उनकाे स्वाब परिक्षण गर्दा काेराेना भाइरस पाेजिटिभ देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा बिनाेद विन्दु शर्माले जानकारी दिएका छन् ।