पाेखरा।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा घरमै निधन भएको पारिवारिक श्रोेतले जनाएको छ ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।
उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।