सुप्रसिद्ध साङ्गीतिक जोडी बी.बी. र सुमनको ‘तारेभीरमा बुकी’

0
602

बर्षौदेखि सुप्रसिद्ध संगीतकार बिबि‌ अनुरागी र गीतकार सुमन श्रापित बीचको साङ्गीतिक जोडी निकै जम्दै आएको छ । उनीहरू गीतकार र संगीतकारको‌ जोडीका रुपमा मात्रै होइनन् । आपसी मित्रवत सम्बन्धले पनि‌ निकै ‌जमेको जोडी हो । यी दुईको‌ सहकार्यका थुप्रै गीतहरु नेपाली गीत संगीत बजारमा कालजयी बनेका छन । बसाईका हिसाबले बिबि अनुरागी काठमाडौँ बस्दछन त सुमन श्रापित‌ पोखरा बस्छन् । बसाईमा दुरी भए नि यी दुई बीच मित्रता र साङ्गीतिक सहकार्यमा निकै निकट छ ।

अनुरागी देशकै अब्बल संगीतकार हुन उनको महिना मै दर्जनौं गीत रेकर्ड हुन्छन भने श्रापित पनि राजधानी बाहिर रहेर अत्याधिक गीत रेकर्ड गराउने चिरपरिचित गीतकार हुन । यी दुई साङ्गीतिक जोडीको सहकार्यका गीतहरु बजारमा आइरहन्छन् । यसैक्रममा यी दुईको‌ शब्द संगीतमा पछिल्लो साङ्गीतिक कोशेली “तारेभीरमा बुकी” बजारमा आएको छ ।

जसमा नव गायक धिरेन कुमार रोकाया र मेलिना राईको‌ आवाज रहेको छ । रोजगारीको शिलशिलामा कोरियामा रहेका गायक रोकायाको‌ आवाज कोरियाकै स्टुडियोमा रेकर्ड गरिएको हो भने बाँकी काम प्रिज्म डिजिटल काठमाडौंमा भएको हो । तारेभीरमा बुकी अहिलेको चलन चल्तीको रमाइलो डान्सिङ शैलीको गीत हो । यस गीतमा गीतकार सुमन श्रापितले माया लाउनु‌ पाप होइन, अपराध होइन, माया बिना संसार अछुतो रहन पनि सक्दैन तसर्थ माया लाउनेहरुलाई माया लुकीछिपी होइन हाक्काहाक्की लाउनु पर्छ भनेर सुझाएका छन् । गीत मार्फत मायालाई हेर्न दृष्टिकोण बदल्न आवश्यक रहेको बताएका छन् ।

यस गीतमा संगीतकार बीबी अनुरागीकै संगीत संयोजन रहेको छ भने गीतको मिक्सिङ माष्टरिङ‌ श्यामश्वेत रसाइलीले गरेका छन् । म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको जोडदार अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सह-निर्देशक रहेको भिडियोलाई शिव बिकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।