पाेखरा।बुधबार बिहानै लमजुङका २० जना सहित गण्डकीमा २३ जना काेराेना संक्रमित थपिएका छन्।
संक्रमित मध्ये १७ लमजुङ जिल्ला, बेसीसहर ८, का ३२ बर्षीय पुरुष ग्लोबल आई.यम.ई. बैंकका कर्मचारी हुन भने १७ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत ब्यक्ति हुन | ३ जना लमजुङ बेसीसहर ७ र ८ नम्बर वडाका पुरुष हुन्।
त्यसैगरी पाेखरा ११ का एक जना पुरुष र कास्कीको मादि गाउँपालिका ७ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका वार्ड ११ का १ जना साई अर्चना अस्पतालमा कार्यरत हुन भने मादी गाउँपालिकाका १ जना दुबईबाट अाएका ब्यक्ति हुन | बाकी सबैजना जना व्यक्तिहरु Contact tracing बाट पहिचान भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
नवलपरासी गैडाकाेटका एक जना महिलामा पनि काेराेना पाेजेटिभ देखिएकाे छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी उनीहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे।|
|
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६४३ (निको हुने दर ८४.८६ %) रहेको छ |