पाेखरा।नेपालमा काेराेना संक्रमणबाट ३३ हप्ताकी गर्भवतीकाे ज्यान गएकाे छ।
बारा हर्दिया निवासी २३ बर्षीया गर्भवती महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिएका छन्
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ती महिला ३३ हप्ताकी गर्भवती थिइन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए । प्रवक्ताका चौरसियाका अनुसार उच्च रक्तचापसमेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोनापोजिटिभ देखिएको थियो । उपचारकै क्रममा बिहान ६ बजे उनको मृत्यु भएको हो । नेपालमा कोरोनाले गर्भवतीको मृत्यु भएको यो पहिलोपटक हो ।