बढ्दै महिलामा काेराेना संक्रमण,समुदायमा संक्रमण बढेको संकेत

0
774

 

पाेखरा। देशमा कोभिड संक्रमण देखिन थाल्दा शुरुमा पुरुष त्यसमा पनि युवा बढी थिए ।उनिहरु बाहिरी देशबाट आएका थिए तर संक्रमण स्थानीय तहमा हुन थाल्दा महिला र पुरुषको जोखिम बराबर हुन थालेको छ।  पछिल्लो समय  कोरोना संक्रमण महिलामा पनि बढ्दै गएको छ।

अहिलेसम्मकै सबैभन्दा बढी एक हजार एक सय एघाए जनामा हिजो संक्रमण पुष्टि हुँदा नयाँ संक्रमितमा झन्डै ३०% अर्थात ३२४ जना महिला रहेका छन।कोभिड-१९ संक्रमित महिला र पुरुषको अनुपात अन्तर कम भएको छ।

पहिले पुरुष धेरै संक्रमित थिए अहिले महिलामा पनि संक्रमण बढ्न  थालेको   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डाक्टर बासुदेव पाण्डे बताउछन्  । महिला संक्रमित बढ्दै जानुले समुदायमा संक्रमण बढेको संकेत गर्ने   उहाँको भनाइ छ।

देशमा कोभिड संक्रमण देखिन थाल्दा शुरुमा पुरुष त्यसमा पनि युवा बढी थिए उनिहरु बाहिरी देशबाट आएका थिए तर संक्रमण स्थानीय तहमा हुन थाल्दा महिला र पुरुषको जोखिम बराबर हुन थाल्यो, महिलाको संक्रमण दर बढ्न थाल्यो। कुनै बेला पुरुष जोखिममा थिए अब महिला र पुरुष दुबै समान रुपमा जोखिममा छन् वरिष्ठ जनस्वास्थ्यबिद डा सरद वन्तले भन्नुभएको छ।