कास्कीमा जारी लकडाउन केही खुकुलो वनाउदै एक हप्ताको लागि फेरि थपियो

१२ भाद्र २०७७, शुक्रबार

पाेखरा।कास्कीमा जारी लकडाउन केही खुकुलो वनाउदै एक हप्ताको लागि फेरि थपिएको छ।जिल्ला काेभिड संकट ब्यबस्थापन केन्द्रकाे शुक्रबार पाेखरामा बसेकाे बैठकले शुक्रबार राति १२ बजेबाट भदौ २० गते राति १२ बजे सम्मका लागि लागू हुने गरि निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिए।

कास्कीमा काेराेना संक्रमण बढ्दै गईरहेकाे अबस्थामा केही खुकुलो हुने गरि पुनः एक हप्ता निषेधाज्ञाकाे अवधि थप गरिएको प्रजिअ ढकालले बताए ।

सरकारी तथा ग‌ैह्र सरकारी कार्यलयहरु एवं बैंक तथा बित्तिय संस्था तथा सहकारीहरु ,निर्माण कार्य तथा उद्योग स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर ,सामाजिक दुरि कायम गरि भिडभाड नहुने गरि संचालन  गर्न  निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
“विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमणबाट जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यसम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाउन  जिल्ला प्रशासन कार्यालय कास्कीले  निर्देशन दिएको    छ ।  शर्तहरु नमान्ने तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना नगर्ने नगराउनेलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कडा कारबाही हुने  जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।।

Leave a Reply