डाक्टर गोविन्द केसी प्रति राज्यले गरेको गैरमानवीय कार्य तत्काल रोक्न चिकित्सक संघले माग गरेको छ ।
डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै शनिबार नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दे विरोध जनाएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको विज्ञप्तिमा उल्लेख छ।
समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न संघका महासचिव डा.बद्री रिजाल द्वार हस्ताक्षरित विज्ञप्तिमा जनाईएकाे छ।

