थप ८८४ जनामा काेराेना संक्रमण

0
375

पाेखरा।पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो २४ घण्टामा थप ३१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिले क्वारेन्टाइनमा ८ हजार ३५ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ५५५ पुगेको छ ।