पाेखरा। बाणिज्य आपूर्ति तथा उपभोक्ता हीत संरक्षण बिभागलेजारको पानीको मुल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिले मूल्य बढाउनुको कानुनी आधार लागायत सबै डकुमेन्ट मगाएर छानबिन थालेको हो।
बिभाग स्वंमले केही पानी उद्योगमा निरीक्षण गरेर तयार पारेको प्रतिबेदनमा प्रती जार औषत बिक्रि मूल्य २५ रुपैयाँ भनीएको छ तर सर्बसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ तोकेपछी समितिले छानबिन शुरु गरेको हो।
पानीको बढी मुल्य तोकिएको सन्धर्बमा समितिले छानबिन गरिरहेको समितिका सभापति बिमल प्रसाद श्रीवास्तबले जानकारी दिनु भएको छ। मुल्यमा एकरुपता ल्याउने भन्दै बिभागले असार २५ मा कार्यदल गठन गरेको थियो।
