पाेखरा। कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन थप गरिएको छ ।
जिल्लास्तरीय कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र रुपन्देहीको आइतबारको निर्णय अनुसार लकडाउन थप गरिएको हो।
नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ ।
लकडाउन भदौ २० गतेसम्म बढाउने निर्णय भएको बुटवल उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए।