पाेखरा। देशमा मात्र होइन अहिले संसारका विभिन्न कुनामा नेपालीहरु पनि कोरोनाबाट प्रभावित भएका छन। कतिपय कोरोनाकै कारण काम गुमाएर स्वदेश फर्किएका छन भने कतिपय महामारीको बीचमा पनि परदेशमा काममा फर्किएका छन तर बिदेशमा पनि कोरोना संक्रमणको जोखिम भने कम भएको छैन। हालसम्म नेपाल भन्दा बाहिर रहेका नेपालीहरु ३४७०१ मा कोरोना संक्रमित भएका छन भने ३२००० भन्दा बढी निको भएका छन र १९५ जनाले ज्यान गुमाएका गैह्र आवासिय नेपाली संघ NRNA का स्वास्थ समिति संयोजक डा समीर सापकोटाले जानकारी दिनुभयो ।
उनका अनुसार युरोप त्यसमा पनि पोर्चुगल र स्पेनमा संक्रमणको दर वृद्धि देखिएको छ भने मध्यपुर्बी देशमा कम देखिय पनि हरेक हप्ता बढ्ने क्रम रहेको बताएका छन। यो हप्ता मात्र युययी मा २ जनाको मृत्यु भएकोेले अझ सावधानी अपनाउन पर्ने देखिन्छ। काममा जाँदा मास्क राम्रो प्रकारको सहि तरिकाले लगाउने, कुनै पनि अपचरित ब्यक्तिलाइ संक्रमित छ भन्ने महसुस गर्ने, नाकमुख छुनु अघि राम्रोसँग हात धुने बाहिर खुला ठाउँ भन्दा बन्द कोठा सभाहमा जोखिम बढी हुने भएकोले उक्च सतर्कता अपनाउन समेत संयोजक डा समीर सापकोटाले सुझाव दिनुभयो।
त्यसैगरी अत्यावश्यक छैन भने सकभर स्वदेश नजाने र बिदेश पनि नआउन उहाँले सुझाव दिनुभयो, जानै पर्ने भए टेस्ट गराएर स्वस्थ भएको प्रमाणित भएपछि मात्र जान उहाँले सल्लाह दिनुभयो ।