पाेखरा फेवासिटि अस्पतालमा उपचाररत एक महिला सहित गण्डकीमा थपिए ७ जना काेराेना संक्रमित सहित

0
575
पाेखरा।  पाेखरा फेवासिटि अस्पतालमा उपचाररत एक महिला सहित गण्डकीमा  ७ जना काेराेना संक्रमित थपिएका छन्।
पाेखरा वडा नम्बर ६ का ३७ बर्षीय पुरुष,८ का ५५ बर्षीय पुरुष र १५ का ५६ बर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएको हाे।
तनहुँका एक जना पुरुष र गाेरखाका २ जना महिलामा पनि साेमबार काेराेना पाेजेटिभ देखिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
लमजुङ जिल्ला, बेसीशहर-१० को ७१ बर्षीय महिला कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत हुनुहुन्छ
वहाँको नमुना संकलन पोखराबाट भएको हो |
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ७ जना संक्रमितहरु थपिएका हुन्।
अन्य सबै संक्रमित व्यक्तिहरु Contact Tracing बाट पहिचान हुनुभएको हो | गोरखाका दुबैजना संक्रमित महिलाहरुलाई आईसोलेसन केन्द्रमा राखिसकिएको छ भने अन्य सबै संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।