पाेखरा।काेराेना संक्रमणबाट भरतपुर महानरपालिका -६ का ७८ बर्षीय पुरुषको साेमवार विहान उपचारका क्रममा ज्यान गएको छ।
भदौ २ गते काेराेना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ ६ मा अस्पताल भर्ना गरिएको थियाे।
काेभिड अाईसियुमा भेन्टिलेटर सहित उपचाररत उनकाे अाज विहान निधन भएकाे भरतपुर अस्पतालका डा.प्रमाेद पाैडेलले जानकारी दिए।
