९ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आरोपमा पोखराका ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ

0
1180

 

 

पोखरा । ९ वर्षीया बालिकामाथि बलात्कार गरेकाे आरोपमा पोखराका ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका छन् ।

पाेखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेकाे आरोपमा  गुरुङ पक्राउ परेका हुन् ।

उनलाई स्याङ्जा विरुवाबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे । फरार रहेका गुरूङ बालिकाका आफन्तले जाहेरी दिएपछि पक्राउ परेका हुन् । छिमेकी समेत रहेका उनले बालिकालाई चकलेट खान दिइ फकाएर अनैतिक काम गर्न लगाएकाे स्थानीयकाे आराेप छ ।

बालिकाका बाबुआमा दुवै जना विदेशमा छन् ।साेधपुछका क्रममा बालिकाले ४/५ महिनादेखि ती छिमेकीले यस्ताे काम गर्दै आएका थिए । बालिकाको मेडिकल जाँचसमेत भइसकेको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।