ठूलो परिमाणको गाँजासहित पोखराबाट २ जना पक्राउ

0
714

 

 

पोखरा ।  ठूलो परिमाणको गाँजासहित कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी- १२ घर भई पोखरा- १७ विरौटा बस्ने २३ वर्षीय संजोक विक र पोखरा -१७ का २० वर्षीय शिलास विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

सवारी साधन चेकजाँच गर्ने क्रममा   जिल्ला प्रहरी कार्यालय कास्की र  प्रहरी चौकी भरतपोखरीबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट ६ केजी १ सय ग्राम गाँजा, तौल लिने मेसिन र ग९प ६०२८ नम्बरको पल्सल मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

 

उनीहरुलाई  नियन्त्रणमा  लिई आवश्यक अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।