महोत्तरी । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ असिस्टेन्ट कमलेस सहनीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले उपचारका लागि काठमाडौं लैजादै गर्दा हेल्थ असिस्टेन्ट सहनीको बाटोमै मृत्यु भएको जानकारी दिएका छन् ।
भदौ ७ गते बिरामी भएका उनको १२ गते मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । ती व्यक्तिले स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
ज्यान गुमाउने हेल्थ असिस्टेन्ट नेपालकै पहिलो स्वास्थ्यकर्मी हुन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन ।
