पाेखरा।गाेरखाकी ६५ बर्षीया महिलाको काेराेना संक्रमणका कारण ज्यान गएकाे छ।भदौ १३ गते विरेन्द्र अस्पताल छाउनीमा निधन भएकी उनकाे साेहि दिन काेराेना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
भाद्र ४ देखि सेप्टिक सक भई बिरेन्द्र अस्पतालमा उपचाररत उनी हाईपाेथाईराेडिजम तथा मृगौला राेगी भएको बताईएकाे छ।
यस संगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ निर्देशनालय गण्डकी ले जनाएको छ।
