पाेखरा। कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन, औषधि जस्तै बन्न पुगेको छ। आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँहरुमा जाँदा पनि मास्क लगाउनु एक अनिवार्य शर्त बनिसकेको छ।
यद्यपि मास्क सामाजिक दूरीको विकल्प कदापि होइन। सङ्क्रमणबाट जोगिन एकआएसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन्। स्वस्थ देखिने ब्यक्तिमा समेत कोरोना भाइरस हुन सक्ने भएकाले त्यस्ता ब्यक्तिबाट जोगिन मास्क लगाउन जरुरी रहेको बिज्ञहरु बताउँछन् ।
कतिपयलाइ लाग्न सक्ला कि मास्क लगायपछि आफू सुरक्षित भइयो भनेर तर बास्तबिकता यस्तो हुँदैन मास्क लागायको औचित्य तबमात्रै हुन्छ जब तपाईंले नियमित रुपमा हात साबुनपानी वा सेनिटाइजरले सफा गर्नुहुन्छ। कसरी प्रयोग गर्ने मास्क – मास्क लगाउनु भन्दा पहिले हातलाइ साबुनपानी वा सेनिटाइजरले राम्ररी सफा गर्नु पर्दछ। – मास्क लगाउदा मुख र नाक पुरै छोपिने गरि लगाउनु पर्दछ।
मुख र नाकबीच कुनै खाली ठाउँ हुनु हुदैन। – मास्क लगाउदा वा खोल्दा मास्कलाइ छुनु हुँदैन। मास्कको तुना वा डोरीबाट मात्रै लगाउने र खोल्ने गर्नु पर्दछ। – मास्कलाइ बेलाबेलामा बदल्दै गर्नु पर्दछ। सम्भव भएसम्म एक पटक प्रयोग गरेको मास्क फेरि प्रयोग नगर्ने। – मास्क खोल्दा सँधै पछाडि पट्टिबाट मात्रै खोल्नु पर्दछ। – मास्क डिस्पोज गर्दा ढक्कन भएको भाँडोमा मात्रै फाल्ने गर्नु पर्दछ।