विराटनगर । मोरङमा भदौ २२ गतेसम्म नि’षेधाज्ञा कायमै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्र’शासन ऐ’न २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै लागु हुनेगरि नि’षेधाज्ञा जारी गर्नु भएको हो ।
भदौ ५ गतेदेखि सुरु भएको नि’षेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो ।सं’क्रामक रो’ग ऐ’न २०२० अनुसार नागरिकको जीवन रक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले जारि गरेको नि’षेधाज्ञा अझै लचिलो बनाइएको छ ।
अब शनिबार बाहेकका दिनमा पसलहरु दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् । तर, सम्बन्धित व्यवसायीले सरकारले तो’केको स्वास्थ्य सुरक्षा मा’पदण्ड अपनाउनु पर्नेछ । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु लिएर आईसीपीबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारी साधन उद्योग बाहेक अन्यन्त्र रो’क्न पाउने छैनन् । उद्योग परिसरमा प्र’वेश गरिसकेका यस्ता मालवहाक सवारीको अनिवार्य नि’संक्रमण गर्नुपर्ने उल्लेख गरिएको छ ।यसैगरी सरकारी कार्यालयले भदौ २१ गतेदेखि तालिका मिलाएर सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।