पाेखरा।तनहुँको व्यास नगरपालिका २ की २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृगौलामा समस्या भई डायालाइसिस गराउन ललितपुरको अल्का अस्पताल पुगेकी उनमा मंगलबार कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।