विद्यार्थीसंग शुल्क उठाउने शैक्षिक संस्थाहरुलाई तत्काल कारबाही गर्न ने.वि. संघको माग

0
632

 

 

 

 

कास्की।     नेपाल विद्यार्थी संघ कास्कीले बिहीबार बर्तमान शैक्षिक अवस्था, विद्यार्थी शुल्क र भर्नाबारे पोखरा महानगरको शिक्षा महाशाखालाई ज्ञापन पत्र बुझाएकाे छ।

यस्ता छन् ने.वि. संघ कास्कीको मागहरू :

: १. शुल्क उठाउने र भर्ना प्रक्रिया अघि बढाउने शैक्षिक संस्थाको अनुगमन गरेर तत्काल कारबाहीको लागि पत्र काट्ने

२. भर्ना लगायत अन्य बहानामा शुल्क उठाइसकेका शैक्षिक संस्थालाई उक्त रकम तत्काल अभिभावकलाई फिर्ता गर्न लगाउने

३. धनी र गरिब छुट्याउने खालको शैक्षिक गतिविधि मौलाएको कारण यसलाई तत्काल रोक्न सरोकारवाला छलफल गरेर राज्यको स्पष्ट निति बनाउने

४. शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्ने शैक्षिक संस्थाको तत्काल लाइसेन्स खारेजी गर्ने

 

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा नेवि. संघ कास्कीका पुर्ब उपसभापति मेख तामाङ, ने.वि. संघका नि बर्तमान केन्द्रीय सदस्य गोपाल गुरुङ, ने.वि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा, जनप्रिय क्याम्पसका स्व.वि.यु सभापति आ

आसिक गुरुङ, ने.वि. संघ कास्कीका नि बर्तमान सचिब राजेन्द्र क्षेत्री, कास्की ३ का नि बर्तमान सभापति महादेब गिरि ने.वि. संघ पे.क. का सभापति टेनिस श्रेष्ठ, ने.वि. संघ नेता बिपिन पौडेल, अर्जुन सापकोटा, अर्जुन अधिकारीको उपस्थिति रहेको थियो।