गण्डकीमा शुक्रबार एकै दिन थपिए ८३ जना काेराेना संक्रमित

0
632

पाेखरा।गण्डकी प्रदेशमा शुक्रबार दिउँसोसम्म  ८३   जनामा काेराेना संक्रमण पुष्टि भएको छ।  शुक्रबार दिउँसो फेरि ४३ जना संक्रमित थपिएका छन् । विहान ४० जनालाई संक्रमण पुष्टि भएकाे थियाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउसाे जारी गरेकेा विज्ञप्तिका अनुसार ४३ जना मध्ये १ जना पाेखरा – ५ का ३२ वर्षीय पुरुष हुन् । अन्य संक्रमित  अरु जिल्लाका  थपिएका छन् ।

नवलपुरमा २४ जनामा संक्रमण पुष्टि भएकाे छ भने गाेरखामा १६ जना थपिएका छन् ।

त्यस्तै मनाङ र स्याङ्जामा पनि एक एक जना संक्रमित थपिएका छन् ।

याे संगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय ९७ पुगेको छ।