पाेखराका १० ,१२ र १३ नम्बर वडाका बिभिन्न क्षेत्रहरु अाज रातिदेखि सिल गरिने

0
1073

पाेखरा।काेराेना संक्रमण समुदाय स्तरमा फ‌ैलिएकाे भन्दै पाेखराका १०,१२र १३ का बिभिन्न क्षेत्रहरुलाई सिल गर्ने निर्णय गरिएको छ । अाज राति१२ बजेदेखि भाद्र २६ गते राति १२ बजेसम्म लागू हुने गरी सिल गर्ने निर्णय गरिएको वडा नम्बर १० ,१२र १३ का अध्यक्ष द्वारा संयुक्त रुपमा जारी सुचनामा जनाईएकाे छ।

वडा नम्बर१० १२ र १३ अन्तगर्तका स्वर्णिम टोल अन्नपुर्ण टोल ,लालीगुरास टोल , भद्रकाली हुदै ढिकाले थर, कुडहर हुदैँ मियापाटन सम्मको सबै क्षेत्र ,लालीगुरास मिनि मार्ग ,प्रगति टोल बिपि मार्ग क र ख , सबै हुदैँ भद्रकाली ख टोल बिकास क्षेत्र ,माछापोखरी देखी संगम टोल ,मियापाटन अन्नपुर्ण टोल हुदैँ बेसलाइन स्कुल भित्रका सबै क्षेत्र सिल गरिएकोसुचनामा जनाएको छ ।यदपी बिहान ११ बजे देखी २ बजे सम्म तरकारी पसल र खाद्दान पसलहरु खुल्ने छन ।यसै गरी अति आवश्यक बाहेक सबै सवारी बन्द रहने छ ।