कोरोना संक्रमणबाट मोरङमा एकैदिन चार जनाको ज्यान गयाे

0
513

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर-४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

मोरङको धनपालथान गाउँपालिका- ३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको हो ।

यस्तै विराटनगर-११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ ।

यस्तै बुढीगंगा गाउँपालिका-५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।