पाेखरा फुड्समा कार्यरत २५ जना सहित पाेखरामा थप ३१ जनमा संक्रमण पुष्टि

0
970
पाेखरा।पाेखरामा साेमबार विहान थप ३१ जनमा काेराेना संक्रमण पुष्टि भएको छ।संक्रमण पुष्टि  हुनेमा पाेखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।
त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका  स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ।
त्यसैगरी  पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जनामा पनि संक्रमण पुष्टि भएको छ।