पाेखरा।कास्कीको रुपागाउपालिका वडा नम्बर ६ रुपाकाेटमा पहिराेले पुरिएर एक जना युवतीकाे ज्यान गएको छ।
मंगलबार बिहान ४:३० काे समयमा खसेको पहिराेमा परि रुपा -६ कि २० बर्षीया सृजना बिककाे ज्यान गएको रुपा- ६ का अध्यक्ष नारायण गुरुङले जानकारी दिए।
गएरातिकाे अविरल बर्षाका कारण काजी बिककाे घरमाथिकाे ढिस्काेले पुरिएर उनकी छाेरी सृजना बिककाे ज्यान गएको हाे। ।घरमा काजी बिक ,उनका भाइ संदिप बिक र छाेरी सृजना बिक सुतेका थिए ।
पहिराे खसेको थाहा पाएपछि काजी बिक र उनका भाइ बाहिर निस्कियर गुहार मागेका थिए ।
गम्भीर अबस्थामा अस्पताल ल्याईएकी उनको मृत्यु भएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज अाेझाले जानकारी दिए।
तस्बिर: सांकेतिक