पाेखरा।कास्कीको अन्नपूर्ण गाउँपालिका -१ निवासी ६३ बर्षीया महिलाको काेराेना संक्रमणबाट ज्यान गएको छ।उनको भदौ २१ गते बिहान ९:१५ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको छ ।
ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनको भाद्र १९ गते कोरोना पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ |
