कांग्रेस महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

0
321

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन ।

मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको कोइरालाको सचिवालयले जनाएको छ ।

 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।