तरुण दल काठमाडौं द्वारा वीपी जयन्तीको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र नगद सहयोग

0
495
काठमाडौं । नेपाल तरुण दल काठमाडौंले वीपी कोइरालाको १०७औँ जन्म जयन्तीको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र नगद सहयोग गरेको छ ।
तरुण दल काठमाडौंको सचिव दिनेशबिक्रम शाहको संयोजनमा बिहीबार काठमाडौंको कुलेश्वरस्थित बाल संरक्षण अभियान नेपाल नामक संस्थामा रहेका बालबालिकालाई खाद्यान्न र आर्थिक सहयोग गरिएको हो ।
सो संस्थामा १७ जना अनाथ बालबालिकाहरू छन् । कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका बालबालिकालाई थोरै भए पनि राहत होस् भनेर सहयोग गरिएको तरुण नेता रत्न महर्जनले जानकारी दिए ।
‘वीपी कोइरालाको जन्म जयन्तीका अवसरमा अनाथ बालबालिकालाई तरुण दल काठमाडौंले सानो सहयोग गरेको हो’, उनले भने, ‘कोरोना महामारीका बेला बालबालिकालाई हाम्रो सहयोगले केही राहत हुने विश्वास लिएका छौं ।’
खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा तरुण दल काठमाडौंका सचिव दिनेशबिक्रम शाह, तरुण नेताहरू जंगवीर रुम्बा, सरोज थापा, विजय लामा, रितेश ठकुरी, बलराम थापा, अमिर खड्का, सोबेन्द्र घले, रत्न महर्जन, निना खड्गी, सरिता श्रेष्ठ, सुदर्शन विष्ट, प्रेम थापा, राजुबिक्रम थापा, कवीर शर्माको उपस्थिति रहेको थियो ।
शारदा श्रेष्ठ, नवीन महर्जन, देबेन्द्र तण्डुकार, नरेन्द्र पराजुली, निरज प्रजापती, हरि तिमिल्सिना, भोला अर्याल, अरुण तण्डुकार, सुरज थापा, अमित घिमिरे, राजेन्द्र श्रेष्ठ, सुवास गुरुङ, विवेक केसी, विराज नर्देवा, रुपेश नर्देवालगायतको उपस्थिति रहेको थियो ।