पाेखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा उपचाररत काेराना संक्रमित स्याङ्जाका एक पुरुषकाे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा मृत्यु भएकाे छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका १का ८५ वर्षे पुरुषकाे शनिबार बिहान पाेखरामा मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
काेराेना संक्रमणपछि २४ गते अस्पताल भर्ना भएका पुतलीबजार नगरपालिका १ का ती पुरुषकाे बिहान साढे ६ बजेतिर मृत्यु भएकाे जनाएको छ।
उनकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरा काेभिड उपचार केन्द्रकाे आइसियु कक्षमा राखेर उपचार हुँदै आएकाे थियाे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनापछि मृत्यु हुने उनी दसाैं व्यक्ति हुन् ।