पोखरामा थप १७ जनामा कोरोना संक्रमण

0
784

पोखरा।  पोखरामा सोमबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिनेहरुमा पोखरा ४ का ७ जना, १७ का १ जना, ३३ का १ जना, १४ का ६ जना, ७ का १ जना र ८ का १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

पोखरा महानगरपालिका- ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत हुन |  पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।   |

त्यसैगरी पोखरा महानगरपालिका-८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन| अन्य सबै संक्रमित व्यक्ति contact tracing बाट पहिचान भएको हो |  उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।