काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर भुकम्प गएको हाे।
सिन्धुपाल्चोक तथा काठमाडौ उपत्यका सहित
अासपासका जिल्लामा भुकम्पकाे धक्का महशुस गरिएको थियाे।
याे पनि ७२ सालकै भुकम्पकाे पराकम्प रहेको बताईएकाे छ।
हालसम्म क्षतिको कुनै विवरण नआएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।