असाेज १ गते सम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे प्रसुती सेवा वन्द

0
716
Western Regional Hospital of Pokhara in Kaski district. Photo: Bharat Koirala
 
  २७ भदौमा इमर्जेन्सी सिजरिङ गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका १० बस्ने २४ वर्षीया महिलामा कोरोना पुष्टि भएपछि असाेज १ सम्मलाई प्रसूति सेवा बन्द गरिएको हो । कोरोनाको आशंकामा ती महिलाको आइतबार स्वाब संकलन गरिएकोमा मंगलबार पोजेटिभ आएको हो ।
प्रसूति विभागलाई निर्मलीकरण गर्नुपर्ने र ती महिलाको अप्रेसनमा संलग्न स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा असाेज १ गते सम्मलाई बन्द गरिएको निर्देशक डा.  आचार्यले जानकारी दिए ।
अस्पतालबाट प्रवाह हुने अन्य सेवा भने यथावत सञ्चालन हुने उनले बताए । सुत्केरी महिलालाई अस्पताल परिसरमै निर्मित आइसोलेसनमा सारिएको छ ।